"सबैका लागी सहकारी"
Regd. No.: 1032/067/068

About Us

helpful hints rencontres dans le 23 Extra resources Check Out Your URL site de rencontre pour chercher un homme riche algo mas que amigos http://chalet-location-toussuire.com/medved/309 phasen kennenlernen beziehung site de rencontres ile maurice देशका साना किसान, कालीगढ, कम पुँजी तथा निम्न आय भएका श्रमिक, भुमिहिन एवं बेरोजगार नागरिकहरुको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग एवं बचत तथा ऋण सहकारिताको माध्यमबाट विभिन्न किसिमका आयमुलक एवं सिपमुलक व्यवसाय संचालन गर्ने गरि सदस्यहरुको जिवन स्तर अभिबृद्धि गर्ने र सरकारी तथा निजी क्षेत्रबाट संचालित ठुला बैंक तथा वित्तीय कम्पनीहरुले सेवा दिन नसकिरहेका क्षेत्रमा सरकारको औधोगिक विकास गर्ने उद्वार आर्थिक निति समेतलाई टेवा पुरयाउने उद्देश्यले सहकारिताको मूल्य मान्यताबाट अभिप्रेरित भई “सबैका लागि सहकारी” मुल नाराका साथ सहकारी ऐन २०४८ बमोजिम नेपाल सरकारबाट सिमित वितीय कारोवार गर्न यस श्रीनिधी बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना भएको हो । यस संस्थाले सहकारी सिद्धान्तहरु पलना गर्दै आफ्ना शेयर सदस्यहरु बिच बचत संकलन गर्ने, बचतमा निश्चित ब्याज प्रदान गर्ने तथा सुलभ व्याजदरमा कर्जा लगानी गर्ने काम गर्दछ ।

बचत ब्याज दर
क्र.सं. बचत खाता शिर्षक ब्याजदर न्युनतम मौज्दात रु.
1 चल्ती बचत खाता 7% 100/-
2 दैनिक चल्ती बचत खाता 8% 100/-
3 मासिक बचत खाता 9% 100/-
4 श्रीनिधी गृहिणी बचत खाता 9% 500/-
5 श्रीमान श्रीमती बचत खाता 10% 1000/-
6 श्रीनिधी सुपर सेभिङ्ग बचत खाता 11% 5000/-
7 जेष्ठ नागरीक बचत खाता 11.5% 5000/-
8 श्रीनिधी बाबुनानी बचत खाता 12% 300/-
9 दैनिक क्रमिक बचत खाता 12% 100/-
10 श्रीनिधी प्रियियम बचत खाता 13% 15000/-
11 श्रीनिधी विशेष बचत खाता तपसिल बमोजिम 100/-
शेयर पँुजी

यस संस्थाको अधिकृत शेयर पूँजी रु. ५,००,००,०००/– (पाच करोड) रहेको। अधिकृत पूूँजीलाई क्रमशः चुक्ता पुँजीमा परिणत गर्दै लगिनेछ ।

व्यवस्थापन

ऐन नियमावली तथा संस्थाको निति नियमलाई प्रभावकारीका साथ इमान्दारी पूर्वक पालना गर्नु सफल व्यवस्थापनको प्रतिबिम्ब हो । विभिन्न बैकिङ्ग तथा सेवा क्षेत्रमा कार्यानुभव एवं रचनात्मक सोच भएका इमान्दार, दक्ष, लगनशील कर्तव्यनिष्ठ तथा अनुभवी कर्मचारीहरु कार्यरत रहेका छन् ।

उद्देश्य
  • सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी सेवा प्रदान गर्ने ।
  • संस्था संलग्न सदस्यहरु र समूदायबाट पारस्परिक सहयोगको अभिवृद्धि गरी स्वावलम्बन गराउने तथा बचत गर्ने बानी बसाल्ने ।
  • उत्पादानशील, आयमुलक, सिपमुुलक उद्देश्यका लागि सदस्यहरुले उचित ब्याजदरमा कर्जा प्रदान गर्ने ।
  • न्यून आय भएका व्यक्तिलाई सदस्यता प्रदान गरी शुलभ दरमा कर्जा प्रदान गरेर आर्थिक र सामाजिक विकास गरी देशको विकासमा टेवा पुरयाउने ।
विशेषता
  • वित्तीय क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरुबाट संचालित ।
  • कम्प्युटर प्रणालीबाट छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने ।
  • सर्व शुलभ ढंगबाट ऋण प्रदानको व्यवस्था ।
  • संस्थामा बचत गर्न दैनिक रुपमा घरदैलोमा नै प्रतिनिधि पठाउने ।
  • बचतमा उच्च प्रतिफलको पूर्ण ग्यारेन्टी भएको ।
प्रविधि

ग्राहकवर्गमा छिटो, छरितो सरल ढंगले सेवाहरु प्रदान गर्नको लागि नियमित लेखाङ्कन गर्न संस्थाको कारोबार एवं हर हिसाबलाई पूर्ण रुपमा कम्प्युटराइज गरिएको छ । सर्वसाधारणलाई भरपर्दो, पारदर्शी तथा विश्वासनीय सेवा प्रदान गर्न बैकिङ्ग सफ्टवेयर एभरेष्ट जडान गरिएको छ ।